ad ad

राजनीति


हाइटीका राष्ट्रपतिको हत्या प्रकरण : निवासका सुरक्षा प्रमुख गिरफ्तार

हाइटीका राष्ट्रपतिको हत्या प्रकरण : निवासका सुरक्षा प्रमुख गिरफ्तार

नेपालखबर
साउन २, २०७८ शनिबार ५:२९,

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ।

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा अनुसन्धान गर्न सुरक्षा प्रमुखलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न दृष्टीकोणबाट प्रश्नहरु गरेका छन्।

घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।  

राष्ट्रपति मोइसको गत हप्ता निवासमै गोली प्रहार गरी हत्या भएको थियो । राष्ट्रपतिको हत्या गर्नेहरुले उनकी पत्नीलाई घाइते समेत बनाएका छन् । उहाँको अहिले अमेरिकी अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीले घटनामा दोषी भएको आशंकामा २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट विभिन्न प्रमाण र आधारहरु भेटिँदै गएको प्रहरीले जनाएको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .