ad ad

राजनीति


देउवाको अडान : राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने

देउवाको अडान : राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने

नेपालखबर
असार २९, २०७८ मंगलबार १९:५२,

प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती नसच्चिएसम्म शपथ नलिने अडान लिएपछि शपथ ग्रहण अझै ढिलाई भएको छ। 

मंगलबार दिउँसो राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पत्र पठाएको थियो। तर, सो शब्दमा संविधानको धारा उल्लेख गरिएको छैन। 

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो। 

मंगलबार राष्ट्रपति कार्यालयले जारी गरेको  विज्ञप्तीमा सर्वाेच्च अदालत संवैधानिक इजलासको फैसला बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको  धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्न मुख्यसचिव शंकरदास बैरागीलाई आग्रह गरेका थिए। 
६ बजेको लागि तय भएको शपथ सोही कारण ढिलाई भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .