ad ad

राजनीति


देउवा र प्रचण्ड छलफलमा, मन्त्रालय टुंगो लगाउने

देउवा र प्रचण्ड छलफलमा, मन्त्रालय टुंगो लगाउने

नेपालखबर
असार २९, २०७८ मंगलबार १२:५८,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्रालय बाँडफाडका विषयमा छलफल भइरहेको छ।

स्थायी समितिको बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन्।

नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयको टुंगो लागेपछि मात्र मन्त्री बन्नेहरुको नाम तय गर्ने भएकोले प्रचण्ड र देउवाबीच मन्त्रालय बाँडफाँडको विषयमा छलफल भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार देउवाले माओवादी केन्द्रलाई ८ वटा मन्त्रालय दिनसकिने संकेत गरेका छन् । यद्यपि कस्ता खालका मन्त्रालय दिने भन्ने खुलाइएको छैन । 

उता माओवादी केन्द्रको स्थायी समितिको बैठकमा सिनियर नेताहरुलाई देउवा क्याविनेटमा पठाउने समझदारी बनेको एक नेताले बताए ।

‘सिनियर नेतालाई सरकारमा पठाउने समझदारी बनेको छ,’ ती नेताले नेपालखबरसँग भने ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .