ad ad

राजनीति


सर्वाेच्च अदालतको फैसला स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

सर्वाेच्च अदालतको फैसला स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

नेपालखबर
असार २८, २०७८ सोमबार १८:२७,

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वाेच्च अदालतले सोमबार गरेको फैसला स्वीकार गर्न नसकिने बताएका छन्। 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने फैसला सुनाएको हो। 

लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न नसक्ने उल्लेख गर्दै उनले अब यसविरुद्ध बृहत् जनअभिमत निर्माण गर्ने उद्घोष पनि गरेका छन्। 

‘लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदले गर्ने हो, राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने हो,’ पोखरेलको आरोप छ, ‘सर्वोच्च अदालतको आजको फैसलाबाट यही अभ्यास र मर्ममाथि प्रहार भएको छ।’

यस्तै अदालतले लोकतन्त्रको महत्वपूर्ण पक्ष- शक्ति पृथकिकरणविरुद्ध नै प्रहार गरेको आरोप पनि उनले लगाएका छन्। 

‘लोकतन्त्रको महत्वपूर्ण पक्ष- नियन्त्रण र सन्तुलन अर्थात् शक्ति पृथकिकरण हो, त्यसैमाथि प्रहार भएको छ,’ पोखरेलले भनेका छन्, ‘बहुदलीय व्यवस्थाको मर्म– संसदभित्रका कारबाहीमा संसदभित्रका सम्बन्धित राजनीतिक दलको ह्विप नलाग्ने आदेश गरेको छ।’

यसविरुद्ध अब बृहत् जनतम निर्माण गर्नु आफूहरूको प्रमुख काम भएको चेतावनी पनि उनले दिएका छन्।   

‘लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न सक्तैन,’ एमाले महासचिव पोखरेलले भनेका छन्, ‘यसका विरुद्धको बृहत् जनअभिमत निर्माण गर्नु अबको प्रमुख काम हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .