ad ad

राजनीति


दक्षिण चीन सागरमा फिलिपिन्समाथि आक्रमण भए चीनविरुद्ध उत्रन्छौंः अमेरिका

दक्षिण चीन सागरमा फिलिपिन्समाथि आक्रमण भए चीनविरुद्ध उत्रन्छौंः अमेरिका

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेन


नेपालखबर
असार २८, २०७८ सोमबार १७:४०,

दक्षिण चीन सागरमाथि चीनले प्रस्तुत गर्दै आएको दाबीलाई फेरि एकपटक अस्वीकार गर्दै अमेरिकाले बेइजिङको दाबी अस्वीकार गर्ने बताएको छ।

साथै अमेरिकाले दक्षिण चीन सागरको स्वामित्वको विषयमा फिलिपिन्समाथि चिनियाँ सेनाले आक्रमण गरे आफू चीनविरुद्ध उत्रने पनि संकेत गरेको छ।

चीन र फिलिपिन्सबीच जारी दक्षिण चीन सागरको स्वामित्वको विवादबारे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन भन्छन्,‘दक्षिण चीन सागरमा फिलिपिन्समाथि हुने जुनै आक्रमणमा पनि फिलिपिन्सको रक्षा गर्न प्रतिवद्ध छौं।’

७० वर्षको पारस्परिक रक्षा सन्धि अन्तर्गत अमेरिकाले फिलिपिन्सको रक्षा गर्ने ब्लिन्केनको भनाइ छ।

दक्षिण चीन सागर विवादित जलक्षेत्र हो। यो समुन्द्रलाई चीनसँगै फिलिपिन्स, ब्रुनाई, मलेसिया, ताइवान र भियतनामले आफ्नो भएको दाबी गर्दछन्।

तर चीनले यस जलक्षेत्रको ९० प्रतिशत पानीमा आफ्नो अधिकार भएको बताउँदै आएको छ। चिनियाँ सेनाले अन्य दाबीकर्ता राष्ट्रलाई यहाँको जलक्षेत्रमा चेतावनी दिँदै आएको छ।

हालै चीनका सयौं डुंगा फिलिपिन्सले दाबी गर्ने क्षेत्रमा आइपुगेपछि भने चीन र मनिलाको विवाद चुलिएको छ।

यसबीचमा चीनको आक्रामक गतिविधि बढे आफूले अमेरिकी सहयोग माग्ने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले बताएका थिए।

यतिबेला अमेरिकाले पनि बेइजिङको आक्रामकता फिलिपिन्समाथि देखिए आफूले फिलिपिन्सको रक्षा गर्ने बताएको हो।

पछिल्लो समय अमेरिकाका युद्धक जहाज र पानी जहाज दक्षिण चीन सागर क्षेत्रमा देखिन थालेका छन्। चीनले अमेरिकी गतिविधिलाई चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेपको रुपमा लिँदै आएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .