ad ad

राजनीति


सर्वोच्चको फैसलापछि कमल थापाले भने- अदालतमा आज गोरू व्यायो

सर्वोच्चको फैसलापछि कमल थापाले भने- अदालतमा आज गोरू व्यायो

नेपालखबर
असार २८, २०७८ सोमबार १४:०,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अस्थिरतामा फस्ने टिप्पणी गरेका छन्। 

सर्वोच्च अदालतले सोमबार दिउँसो प्रतिनिधि सभाको पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि उनले ट्वीटमार्फत् यो फैसलाले कार्यान्वयनमा जटिलता थपिने बताए। 

'राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,'  थापाले लेखेका छन्। 

उनले सर्वोच्चको यो फैसलालाई 'गोरु व्यायो'को संज्ञासमेत दिएका छन्। 'वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिए- सर्वोच्च अदालतमा आज गोरू व्यायो,' थापाले व्यंग्यात्मक शैलीमा लेखेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .