निर्वाचन आयागले नेकपा माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन नै खारेज गरिदिएको छ।
माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै असार २३ गते निवेदन दिएका थिए।
उनीहरुको निवेदनमा छलफल गर्न आवश्यक नभएकाले निवेदन खारेज गरिएको आयेगले जनाएको छ।
'उहाँहरुले दिएको निवेदन उपर छलफल गर्न आवश्यक भएन भन्ने निर्णय भयो, त्यो भनेको नेकपा माओवादी केन्द्र बैध छ', निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेपालखबरसँग भने, 'आज बसेको आयोगको बैठकले माओवादी केन्द्र खारेज गर्न परेको निवेदन उपर कुनै कारवाही अगाडि नबढ्ने निर्णय गरेको हो।'
105
Shares
प्रतिक्रिया