ad ad

राजनीति


रक्षा सन्धिको ६० औं वर्षगाँठमा चीन र उत्तर कोरियाबीच सम्बन्ध थप बलियो बनाउने प्रतिज्ञा

रक्षा सन्धिको ६० औं वर्षगाँठमा चीन र उत्तर कोरियाबीच सम्बन्ध थप बलियो बनाउने प्रतिज्ञा

किम जोङ उन र सी चिनफिङ


नेपालखबर
असार २७, २०७८ आइतबार १४:४५,

चीन र उत्तर कोरियाबीच भएको रक्षा सन्धिको ६० औं वर्षगाँठको अवसरमा दुवै देशले आफूबीचको सम्बन्ध थप मजबुत बनाउने प्रतिज्ञा गरेका छन्।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार सर्वोच्च नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सन्देश लेख्दै भनेका छन्,‘चीनसँग निरन्तर मैत्री र सहकारी सम्बन्ध विकास गर्ने उत्तर कोरियाको स्थिर अडान हो।’

सिन्ह्वा समाचार संस्थाका अनुसार सीले किमलाई जवाफी पत्रमा भनेका छन्,‘चीन र उत्तर कोरियाबीच निरन्तर सहकार्य र समर्थन जारी छ।’

‘विश्वले गएको शताब्दी अभूतपूर्व परिवर्तनको गति देखेको छ’ सी भन्छन्,‘म चाहन्छु कि द्विपक्षीय सम्बन्धहरू दुई देश र आफ्नो जनताको फाइदाको लागि निरन्तर नयाँ तहसम्म पुग्नुपर्छ।’

किमले आफ्नो सन्देशमा चीन र उत्तर कोरियाको द्विपक्षीय सन्धिले दुई देशहरुको समाजवादी कारण अगाडि बढाउन र रक्षा गर्नमा बलियो भूमिका खेलेको उल्लेख गर्दै यतिबेला वैश्विक शक्तिहरु चुनौती र अवरोधकारी चालहरु चल्न हताश भएको जनाए।

उत्तर कोरिया यतिबेला कोरोना भाइरस र अमेरिकी प्रतिबन्धका कारण थलिएको छ। त्यहाँको सीमानाका कोरोना नियन्त्रण गर्नभन्दै हालसम्म बन्द हुँदा आर्थिक संकट उत्पन्न भएको छ जसका कारण उसले चीनको सहायता खोजिरहेको छ।

अमेरिकासँग राम्रो सम्बन्ध नभएको उत्तर कोरियाले चीनसँग सहायता मागिरहेको छ। चीन र अमेरिको सम्बन्ध पनि राम्रोछैन।

एपीका अनुसार सन् १९६१ मा चीन र उत्तर कोरियाबीच रक्षा सम्बन्धी मित्रता, सहयोग र पारस्परिक सहयोगको सन्धि भएको थियो। सन्धिअनुसार उत्तर कोरिया र चीन युद्धको स्थितिमा एक अर्कालाई तत्काल सैनिक र अन्य सहायता प्रदान गर्न प्रतिबद्ध छन्।

यसअघि सन् १९५० देखि सुरुवात भएको ३ वर्षे कोरियाली युद्धमा चीनले उत्तर कोरियालाई साथ दिँदा अमेरिकी नेतृत्वको राष्ट्रसंघको सेनाले दक्षिण कोरियालाई साथ दिएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .