ad ad

राजनीति


गण्डकी प्रदेश : आचार्यलाई उर्जा, मनाङेलाई खेलकुद मन्त्रालय

गण्डकी प्रदेश : आचार्यलाई उर्जा, मनाङेलाई खेलकुद मन्त्रालय

नेपालखबर
असार २७, २०७८ आइतबार ११:११,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफूसहित कांग्रेसका कुमार खड्का,माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ,जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र दीपक मनाङेलाई मन्त्री बनाए। 
तर, उनीहरुलाई मन्त्रालयको जिम्मा लगाइएन।

विश्वासको मत लिने दिन अर्थात् असार ४ गते जनता समाजवादी पार्टीले अर्थ मन्त्रालयसहित २ जना मन्त्री नदिए सरकारमा नजाने अडान लियो। 

मुख्यमन्त्री कृष्णचन्द्रले सहमतिपत्रमा हस्ताक्षर गरे। भौतिक योजना मन्त्रालयमा त्यसअघि नै दीपक मनाङेको दावी थियो। नेपाली कांग्रेसले सत्ताको ‘मुख्य चावी’ मानिएका मनाङेलाई पनि रोजेको मन्त्रालय दिने मौखिक सहमति गरिदियो। 

तर, विश्वासको मत लिएसँगै ठूला र वजनदार मन्त्रालय गठबन्धनका साना दललाई दिँदा कांग्रेस र माओवादी केन्द्रले कुन मन्त्रालय लिने भन्ने प्रश्न खडा भयो। 

अर्थ कांग्रेसले लिए भौतिक माओवादी र भौतिक माओवादीले लिए अर्थ कांग्रेसले लिने सहमति भएपनि दुबै मन्त्रालय अर्काले लगेपछि समस्या पर्ने देखियो। मुख्यमन्त्री नेपाली अप्ठेरोमा परे। उनले जनता समाजवादीका हरिशरण र स्वतन्त्र सभासद दीपक मनाङेलाई लामो समयसम्म विनाविभागीय मन्त्रीमै राखिरहे। 

हरिशरणले आफूलाई अफर गरिएको उर्जा, जलस्रोत तथा खानेपानी र मनाङेले युवा तथा खेलकुद मन्त्रालयमा रुचि देखाएनन्। तर, जसपाले आफ्ना दुबै सभासद मन्त्री हुने अवस्था आएपछि संसदीय दलका नेता हरिशरणले उर्जा, जलस्रोत तथा खानेपानीमै चित्त बुझाए भने दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रालय सम्हाल्न राजी भए। 

दुबै मन्त्रीले आज मन्त्रालय सम्हाल्लेका छन्। मनाङे यसअघि २ पटक खेलकुद मन्त्री भइसकेका थिए। ११ वटा मन्त्रालय रहेको गण्डकीमा यसअघि मधुमायाले स्वास्थ्य र कुमार खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका छन्। ११ मन्त्रालयमध्ये बाँकी भने खाली छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .