ad ad

राजनीति


मुटुमा समस्या देखिएपछि विप्लव माओवादी नेता वली अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि विप्लव माओवादी नेता वली अस्पताल भर्ना

नेपालखबर
असार २५, २०७८ शुक्रबार १८:१९,

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश वलीको मुटुमा समस्या देखिएको छ।

शुक्रबार नियमित चेकजाँचका क्रममा मुटुमा समस्या देखिएपछि वली शहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएका छन्। 

‘उहाँ नियमित चेकजाँचका क्रममा निदान अस्पताल जानु भएको थियो, मुटुमा पनि समस्या देखिएपछि शहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा भर्ना हुनु भएको छ’, नक्खु कारागारका जेलर चिरन्जिवी गिरीले नेपालखबरसँग भने। 

वली बम विस्फोट तथा ज्यान मुद्दामा नक्खु कारागार चलान भएका हुन्। २०७५ चैत १० गते उनलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो। 

त्यसपछि विभिन्न जिल्लामा लगेर मुद्दा चलाइयो। उनका परिवारले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरे पनि अदालतले रिहा गर्न अस्वीकार गरेको छ। 

सरकार र विप्लव माओवादीबीच सहमती भएसँगै प्रतिबन्ध हटिसकेको छ। कतिपय विप्लव नेताहरु रिहा भइसकेका छन्। तर गम्भीर मुद्दामा जेल परेका माओवादी नेताहरु भने अझै छुट्न सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .