नेकपा एमालेका नेता रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पदबाट हट्ने सर्तमा मात्रै पार्टीभित्र एकता कायम हुने बताएकी छन्।
‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता झाँक्रीले ओली एमालेको अध्यक्षबाट हट्ने अवस्थामा मात्र सहमति हुने दाबी गरेकी हुन्।
‘उहाँ अध्यक्षबाट हट्ने सर्तमा पार्टी एकता गर्नुपर्छ,’ झाँक्रीले भनेकी छन्, ‘अन्यथा एकता सम्भव छैन।’
अहिलेकै प्रवृत्ति र रबैया यथावत् राखेर पार्टी एकता हुन नसक्ने उनको जिकिर छ।
177
Shares
प्रतिक्रिया