ad ad

राजनीति


भारतको मन्त्रिमण्डलमा भारी फेरबदल हुँदै, हालसम्म यी ९ मन्त्रीले दिए राजीनामा

भारतको मन्त्रिमण्डलमा भारी फेरबदल हुँदै, हालसम्म यी ९ मन्त्रीले दिए राजीनामा

माेदी


नेपालखबर
असार २३, २०७८ बुधबार १७:२,

भारतको मन्त्रिमण्डलमा बुधबार साँझ धेरै फेरबदल हुने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दर्जनौं मन्त्रीहरु हेरफेर गर्ने भएपछि हालसम्म त्यहाँका ९ केन्द्रीय मन्त्रीले राजीनामा दिइसकेका छन्।

बीबीसीहिन्दीका अनुसार हालसम्म सामाजिक न्याय तथा आधिकारिकता मन्त्रालयका मन्त्री थावरचन्द गहलोत, स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धन, श्रममन्त्री सन्तोष गोंगवार, शिक्षामन्त्री रमेश पोखरियाल निशंक, शिक्षा राज्यमन्त्री सन्जय धोत्रेले राजीनामा दिएका छन्।

यस्तै अन्य राजीनामा दिने मन्त्रीहरुमा महिला एबं बाल कल्याण मन्त्रालयका राज्यमन्त्री दोबोश्री चौधरी, वातावरण, बन तथा जलवायु परिवर्तन मन्त्रालयका राज्यमन्त्री बाबुल सुप्रियो, रसायन एबं उर्वरक मन्त्रालयका मन्त्री सदानन्द गौडा तथा पशुपालन एबं डेयरी मन्त्रालयका राज्यमन्त्री प्रताप सारंगीले राजीनामा दिएका छन्। 

मोदीले मन्त्रीहरु फेरबदल गर्दैगर्दा विपक्षी दल काँग्रेसले भने प्रधानमन्त्री मोदीको कामको हिसाब गर्ने बेला भएको बताएका छन्।

काँग्रेसका नेताहरुले मोदी पनि राजीनामा दिएका मन्त्रीहरु जस्तै प्रधानमन्त्री बन्न योग्न नभएको भन्दै आलोचना गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .