NepalKhabar NepalKhabar

राजनीति


एमाले कार्यदलको बैठक सकारात्मक, भोलि फेरि बस्ने

एमाले कार्यदलको बैठक सकारात्मक, भोलि फेरि बस्ने

नेपालखबर
असार २३ ,

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक सकारात्मक ढंगले अघि बढेको छ।

पार्टी भित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु आज सिंहदरबारमा छलफलमा जुटेका थिए।

बैठक सकारात्मक भएको कार्यदलका सदस्य रघुजी पन्तले बताए।

'बैठक सहमति उन्मुख छ। सहमति भएको छैन', नेपालखबरसँग उनले भने। तीन दिनदेखि एमाले कार्यदलको  बैठक निरन्तर बसिरहेको छ। 

मंगलबार बसेको कार्यदल बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फरक फरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने बताउँदै आएका छन् भने ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका छन्। 

सांसदहरुले हस्ताक्षर फिर्ता लिए प्रतिनिधिसभा पुनर्स्थापित भएको अवस्थामा पनि संसदम आफ्नै पार्टी बलियो हुने र सत्ता तत्काल छोड्नुनपर्ने बुझाइ ओली समूहको छ।

असार २३, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.