ad ad

राजनीति


सिंहदरबारमा एमाले कार्यदल बैठक, माधव नेपाललाई भेटेर आए भीम रावल

सिंहदरबारमा एमाले कार्यदल बैठक, माधव नेपाललाई भेटेर आए भीम रावल

नेपालखबर
असार २३, २०७८ बुधबार १२:४२,


नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक सिंहदरबारमा सुरु भएको छ। 

कार्यदल बैठक अघि माधव नेपाललाई भेट्न भीम रावल कोटेश्वर पुगेका थिए। यस अघि सोमबार र मंगलबार पनि कार्यदल बैठक बसेको थियो।

मंगलबार बसेको कार्यदल बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फरक फरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने बताउँदै आएका छन् भने ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका छन्। 

सांसदहरुले हस्ताक्षर फिर्ता लिए प्रतिनिधिसभा पुनर्स्थापित भएको अवस्थामा पनि संसदम आफ्नै पार्टी बलियो हुने र सत्ता तत्काल छोड्नुनपर्ने बुझाइ ओली समूहको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .