प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ सकिनैलाग्दा सर्वोच्च परिसरमा सुरक्षा बढाइएको छ।
सर्वोच्चमा बाहिर पनि सुरक्षाकर्मी अहिले तैनाथ गरिएको छ।
अहिले एमिकसका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाश केसीले आफ्नो राय राखिरहेका छन्।
उनको राय सकिनासाथ सम्भवतः इजलासले आधिकारिक जानकारी दिनेछ। गत असार ९ गतेदेखि यो मुद्दामा सुनुवाइ भइरहेको छ।
यसपटक फैसला छिटो गर्नकै लागि बहसकर्तालाई समय पहिले नै निर्धारण गरिएको थियो।
उनीहरुले बहसनोट पनि पहिल्यै बुझाइसकेका छन्।
636
Shares
प्रतिक्रिया