राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्तिकमा महाधिवेशन गर्ने भएको छ। शनिबार बसेको पार्टी केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो।
वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न तालिका तय गरेको छ।
महाधिवेशनका लागि सक्रिय सदस्यता वितरण– २०७८ भाद्र मसान्तसम्म सक्ने गरि बैठकले तालिका तय गरेको छ।
सक्रिय सदस्यको अन्तिम सूचि तयार गरी केन्द्रीय निर्वाचन समितिलाई असोज ७ गतेसम्म पठाउन पनि बैठकले निर्देशन दिएको छ।
18
Shares
प्रतिक्रिया