मंगलबारदेखि सुरु भएको अटो शोमा अटो-मोडलको पनि राम्रै उपस्थिति देखिएको छ। बाेल्ड माेडलहरूकाे उपस्थिति र सवारीसाधनका नयाँ ब्रान्डले अटाे शाेलाइ थप आकर्षक बनाएकाे छ।
कम्पनीका उत्पादनमा माेडलहरू विभिन्न 'पोज' दिएर बसेका छन्। अटो मोडलको उपस्थितिले गाडी तथा मोटरसाइकलको 'ग्ल्यामर'लाई अझ ‘बोल्ड’ बनाएको छ।
नाडा अटो शो हरेक वर्ष आयोजना हुँदै आएको छ। त्यसकै निरन्तरतास्वरूप गरिएकाे याे १४औँ अटाे प्रदर्शनी हाे। करोडौँको कारोबार त छँदै छ, कम्पनीहरुको ब्रान्डिङ गर्ने समेत उपयुक्त स्थान बनेको छ।
नयाँ उत्पादन प्रदर्शनी हुने हुँदा ग्राहकलाई समेत कुन कम्पनीले कस्ता उत्पादन ल्याएका छन् भन्ने एकै ठाउँबाट थाहा हुन्छ। त्यसकारण नाडा अटो शो क्रेता र बिक्रेता दुवैका लागि अवसरका रुपमा लिइन्छ।
प्रतिक्रिया