ad ad

फोटो


नेपालमा लन्च भयो हुन्डाईको बहुप्रतीक्षित ‘भेन्यु’ (फोटोफिचर)

नेपालमा लन्च भयो हुन्डाईको बहुप्रतीक्षित ‘भेन्यु’ (फोटोफिचर)

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ७:३१,

भारतीय बजारमा छोटो समयमै सर्वाधिक चर्चा बटुलेको हुन्डाईको नयाँ भेन्यु कार नेपालमा आज सार्वजनिक भएको छ। कम्पनीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक कार्यक्रमका बीच भेन्यु कार सार्वजनिक गरेको हो।

भारतमा यो कार गत मे २१ मा सार्वजनिक गरिएको थियो। यसले भारतमा राम्रै चर्चा बटुलेको छ। भारतीय बजारमा छोटो अवधिमै ४५ हजारभन्दा बढी युनिट बुकिङ भइसकेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। जुन महिनाभित्रै ८ हजार ७ सयभन्दा धेरै बिक्री भएको थियो।

भारतमा ५५ प्रतिशत ग्राहकले ब्लुलिंक भएको भेरिएन्टलाई बुकिङ गरेको बताइएको छ।

यी हुन् विशेषता
१.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन रहेको कारको ९० एचपी पावर र २२० एनएम टर्क क्षमता रहेको छ।

१.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन भेरिएन्टमा कारको ८३ एचपी पावर र ११५ एनएम टर्क क्षमता रहेको छ। यसमा ५ स्पीड म्यानुअल र १.० लिटर ३ सिलिन्टर टर्बो चार्ज हुने पेट्रोल इन्जिन सुविधा रहेको छ। त्यस्तै, यसमा १२० एचपी पावर र १७२ एनएम टर्क ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .