ad ad

फोटोफिचर




राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको भब्य स्वागत गरिएको छ। त्रिभुवन विमानस्थलमा शनिबार अपरान्ह अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरिन्। त्यसक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ अधिकारीहरु सहभागी थिए।

विमानस्थलदेखिदेखि सोल्टी होटलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले राष्ट्रपति सीको स्वागत गरेका थिए।

अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए। उनीहरुले करीब दुई घण्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए।

सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका थिए।

उहाँलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरिएको थियो। तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उनको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। उनी त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै सवारी मार्गलाई खाली गरिएको थियो ।

असोज २५, २०७६ शनिबार १३:४१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .