फोटो फिचर

दशैँ घरमा यसरी राखियो जमरा (फोटोफिचर)

दशैँ घरमा यसरी राखियो जमरा (फोटोफिचर)


प्रविन कोइराला
काठमाडौं, असोज १२

 दशैंको सुरुवातको अवसर पारेर आईतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ।

आईतबार बिहान दशैं घरका गुरु ईश्वरप्रसाद अधिकारीले श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैं घरमा घटस्थापना गरिएको हो। घटस्थापनालाई दशैंको पहिलो दिनको रुपमा लिइन्छ। दशैं घरमा सबैको दीर्घायू, आरोग्य, सदगुण, सत्शिक्षाको कामना गर्दै द्वीप, गणेश र कलशको पूजा गरी घटस्थापना गरी जमरा राखिएको गुरु अधिकारीले जानकारी दिए।

 बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा दशैं घरमा घटस्थापना गरिएको हो। त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दशैं घरमा शंख, घण्टा र डमरु बजाएर दूर्गा भगवतीको पूजा, आराधना गरिएको थियो।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौंको जमरा राख्ने गरिन्छ। यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दूर्गा भगवतीको पूजाआराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दूर्गा भगवतीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ। जौंलाई औषधीय गुणले युक्त मानिन्छ। यसलाई उमारेर बनाइएको जमराले पनि मानवलाई निरोधी रहन सघाउ पु¥याउने विश्वास रही आएको छ।

दशैंमा शक्तिकी देवी दुर्गाको नौं स्वरुपको पूजा गरिन्छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजा गरिन्छ। बडा दशैंको मुख्य दिनको रुपमा सातौं दिन फूलपाती, आठौं दिन महाअष्टमी, नवौ दिन महानवमी र दशौँ दिन विजया दशमी हो। फूलपातीमा फूलपाती भित्र्याईन्छ भने महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठहरुमा बलिसहित विशेष पूजा पनि गर्दछन्। नवरात्रभर शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछ।

असोज १२, २०७६, आइतबार

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्
लेखकबाट थप

प्रतिकृया दिनुहोस

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors