ad ad

फोटोफिचर


वसन्तपुरमा इन्द्रजात्राकाे राैनक(फाेटाेफिचर)


प्रविन कोइराला
भदौ २७, २०७६ शुक्रबार १३:२९,

राजधानीको वसन्तपुरमा इन्द्रजात्रा भब्यरुपमा मनाइएको छ। काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रुपमा इन्द्रजात्रालाई लिईन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह बसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी छन्। जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

जात्रामा पहिलो पटक विदेशी पाहुनाहरु पनि सहभागी भएका थिए। काठमाडौं महानगरपालिकाको निमन्त्रणमा चीन, भारत, अमेरिका, भुटान र जापानका विभिन्न सहरका मेयरहरु सहभागी भएका हुन्। उनीहरुले पनि सो जात्राको अवलोकन गरेका छन्।

काठमाडौंको हनुमानढोका दरबारबाट सुरु हुने पदयात्रा काष्ठमण्डप, चिकँः मुगल, जैसी देवल, लगनहुँदै बसन्तपुरमा आएर समापन हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .