ad ad

फोटोफिचर


पशुपतिमा राष्ट्रगान विवादः आरती सेवा समितिद्वारा अवज्ञा (फाेटाे)


प्रविन कोइराला
भदौ २४, २०७६ मंगलबार १४:५०,

पशुपतिनाथ परिसरमा आरती गर्ने बेला राष्ट्र गान अनिबार्य गर्ने सरकारको निर्णय अबज्ञा गरिएको छ।

सरकारको निर्देशनका बावजुद दुई दिनदेखि बन्द गरिएको राष्ट्रगान विना नै मंगलबार बेलुका पनि निर्देशन अवज्ञा गर्दै आरती गरिएको छ।

आरती सेवा सञ्चालक समितिका बरिष्ठ उपाध्यक्ष डा. बाशुदेव कृष्ण शास्त्रीले विश्वका कुनै पनि देशमा आरतीका बेला राष्ट्रगानको प्रचलन नभएको बताए। ‘हामीले केहीदिन राष्ट्रगान बजाएर आरती सुरु गरेका थियौं, विभिन्न बुद्धिजीबी र संस्कृतिविद् सत्यमोहन जोशीले समेत आरतीका बेला आराधना मात्रै गर्दा राम्रो हुन्छ भन्नुभयो। त्यसैले राष्ट्रगानबिना नै आरती गरेका हौं,’ शास्त्रीले भने।

आर्यघाटमा समेत राष्ट्रगान बजाउनुपर्ने निर्देशन दिएपछि सरकारको सो निर्देशन विवादमा परेको छ। राष्ट्रगान बजाउनुपर्ने भए आफूहरुले आरती नै बन्द गर्ने समितिले चेतावनी दिएको थियो।

तर पशुपति क्षेत्र विकास कोषले भने आरती एकतर्फी रुपमा बन्द गर्न नहुने भन्दै सरकारले दिएको निर्देशन मान्नुपर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .