कानुन व्यवसायीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन्।
आइतबार सर्वोच्च अदालत परिसरमा खोप लगाउन कानुन व्यवसायीहरु लामबद्ध भएका थिए।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले आफ्ना सदस्यहरुलाई खोप लगाउन सरकारसँग माग गर्दै आएको थियो भने कानुन व्यवसायीलाई प्राथमिकतामा राख्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो।
सर्वोच्चले कानुन व्यवसायीहरुलाई ‘जोखिममा रहेको समूह’ का रुपमा ब्याख्या गर्दै खोपको व्यवस्था गर्न आदेश दिएपछि उनीहरु प्राथमिकतामा परेका हुन्।
3
Shares
प्रतिक्रिया