ad ad

फोटोफिचर


माइतीघरमा नारा : ओलीको समाजवाद यती, ओम्नी र मार्सीभात (फोटो फिचर)


सुजन श्रेष्ठ
जेठ २७, २०७८ बिहिबार ९:५५,

प्रधानमन्त्री केपी ओली निकट झापाका व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारीको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

वरिष्ठ चिकित्सक डा. गोविन्द केसी समर्थक युवाहरुको समूह ‘सोलिड्यारीटी फर डा. जीकेसी’ ले बिहीबार प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरुले ‘ओलीको समाजवाद यती, ओम्नी र मार्सीभात’, ‘ओलीको डर्टीगेम जनतामारी मार्सीप्रेम’, ‘संविधानमाथि केपी ओली, कानुनमाथि दुर्गा प्रसाईं’, ‘चिकित्सा शिक्षा आयोग माथिको हस्तक्षेप बन्द गर’, ‘ओलीको मिसन सिटामोलमा कमिसन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बीएण्डसी मेडिकल कलेजलाई कानुनविपरित सम्बन्धन दिन खोजिएको भन्दै कडा आलोचना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .