ad ad

फोटोफिचर


सांसद र संसदका कर्मचारीले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज (फोटोफिचर)


सुजन श्रेष्ठ
बैशाख ३१, २०७८ शुक्रबार ९:५८,

सांसद र संसदका कर्मचारीले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा उनीहरूले दोस्रो डोज लगाएका हुन्।

संसद सचिवालयले नयाँबानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा आज शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोस्रो डोज लगाउने व्यवस्था मिलाएको हो। शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ।

ल्होत्से हलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिडसिल्डको दोस्रो खोप लगाएका हुन्। बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने सचिवालयले जनाएको छ।

त्यसैगरी भोलि शनिबार संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नयाँबानेश्वरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई र आइतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोस्रो डोज लगाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .