ad ad

फोटोफिचर


सांसद र संसद्का कर्मचारीको कोरोना परीक्षण (फोटोफिचर)


सुजन श्रेष्ठ
बैशाख २२, २०७८ बुधबार ८:२१,

संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारी गर्दै सांसद लगायत बैठकमा आवश्यक सम्पूर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परीक्षणका लागि स्वाव संकलन कार्य सुुरु गरेको छ।

सचिवालयले आज बुधबार र भोलि बिहीबारका लागि तालिका नै सार्वजनिक गरेर स्वाब संकलन सुरु गरेको हो।

सार्वजनिक तालिकाअनुसार आज प्रतिनिधिसभाका सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुको, संघीय संसद सचिवालयका कर्मचारीहरु तथा सभामुखको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुको स्वाव संकलन गरिएको छ।

नयाँवानेश्वर स्थित संघीय संसदको सचिवालयको लोत्से हलमा स्वाब संकलन गरिएको हो। लोत्सेहल पुगी सभामुख अग्नि सापकोटाले स्वाब दिएका थिए। त्यसैगरी सांसदहरु पनि स्वाव दिनका लागि संघीय संसद भव नयावानेश्वर पुगेका थिए।

भोलि बिहीबार अन्तर्राष्ट्रिय सम्मेन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाब परीक्षण गरिनेछ।

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .