ad ad

फोटोफिचर



नेपालखबर
मंसिर २२ ,

बुधबार विमानस्थल परिषरमा एक कार्यक्रमको आयोजना गरी खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाले ब्ल्यू वेस्टका सीईओ नवीन विकास महर्जनलाई उक्त फोहोर हस्तान्तरण गरेका हुन्।

गत बैशाख १ गतेदेखि जेठ १५ गतेसम्म नाम्चेदेखि क्याप ४ साउथकोलसम्म ११ हजार किलो फोहोर संकलन गरिएको थियो। १२ जना शेर्पा आरोहीहरुले उक्त फोहोर संलकन गरेका थिए।

फोहोर संकलन गर्दा वर्षौँदेखिका ४ शवहरु समेत संकलन गरिएको थियो। लामो समयदेखि हिमालमै रहेका उक्त शव निकाल्न धेरै कठिनाइ भएको अभियानमा संलग्न शेर्पाहरु बताउँछन्।

सफाइका क्रममा शेर्पाहरुले आइसफल एकबाट एक जना, बेस क्याम्प एकबाट एक, बेसक्याम्प दुईबाट एक र रसियन नागरिक एक गरी चार जनाको शव निकालेका थिए । ती शव काठमाडौंको टिचिङ अस्पतालमा राखिएको छ। चार शवमध्येमा एक शवको मात्रै पहिचान खुलेको छ।

२ करोड ५६ लाख सफाइ खर्च

सुरुवाती चरणमा पर्यटन विभागले सफाइ अभियानमा करिब २ करोड २३ लाख खर्च लाग्ने अनुमान गरेको थियो।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले विभिन्न निकायवाट २ करोड ६८ लाख ७ हजार रुपैयाँ संकलन भएको यस अधि नै जनाएका थिए।

संकलित रकमहरु सगरमाथा पोलुसन कन्टोल कमिटी, खुम्बु पासाङ ल्हामु गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जको नाममा रहेको खातामा जम्मा गरिएको थियो।

सगरमाथा सफाईका लागि संकलित रकममध्येमा हालसम्म २ करोड ५६ लाख ७२ हजार ३४५ रुपैयाँ खर्च भएको छ भने बाँकी रकम गाउँपालिकाको खातामा रहेको विभागले जनाएको छ।

सफाई अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्वतारोहण संघ, नेपाली सेना, पासाङलामु गाउँपालिका, सगरमाथा निकुञ्ज तथा सगरमाथा पोलुसन कन्टोल कमीटिले सहयोग गरेका थिए।

जेठ २७, २०७६ सोमबार १०:५६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .