ad ad

फोटोफिचर


निर्मलालाई न्याय कहिले? (फोटो फिचर)


प्रविन काेइराला
साउन १०, २०७६ शुक्रबार १५:४२,

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ।

गत वर्ष साउन १० गते भीमदत्त नगरपालिका–२ स्थित उल्टाखाममा बलात्कार पछि हत्या गरिएकी निर्मलाको शव ११ गते घर नजिकैको उखुबारीमा फेला परेको थियो।

बहुचर्चित निर्मला काण्डमा चलेको आन्दोलनका क्रममा महेन्द्रनगरका बालक सन्नी खुनाले ज्यान गुमाएका थिए भने अर्जुन भण्डारा गम्भीर घाइते भइ अहिले पनि त्रिवि शिक्षण अस्पतालमै छन्। प्रहरीका उच्च अधिर्कतहरु समेत निलम्बनमा परेको यो काण्डमा करिब आधा दर्जन छानबिन आयोग बनेपनि बलात्कार तथा हत्यारा अझै पत्ता लाग्न सकेको छैन।

यसै सन्दर्भमा नेविसंघले शुक्रबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।

विद्यार्थीहरुले दीप प्रज्वलन गर्दै फेरि पनि सोधेका छन्, ‘निर्मलाले न्याय कहिले पाउने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .