ad ad

फोटोफिचर


पूर्व प्रधानमन्त्री र मन्त्रीहरुले गरे बाढी प्रभावित क्षेत्रकाे हवाई निरीक्षण (फोटो फिचर)


नेपालखबर
साउन १, २०७६ बुधबार १६:२,

पूर्व प्रधानमन्त्री माधव नेपालसहित मन्त्री तथा सांसदहरुको टोलीले आज पूर्वी तराईका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ।

प्रदेश २ का बाढी प्रभावित जिल्लाहरुको निरीक्षण गर्न पूर्वप्रधानमन्त्री नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा मन्त्री वर्षमान पुन, भौतिक पूर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठ विकास समितिका सभापति कल्याणी खड्का, राजपा अध्यक्ष मण्डलकासदस्य अनिल झा, नेकपाका प्रदेश २ का संयोजक प्रभु साह लगायतको टोली बुधबार तराई गएको थियो।

बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी रौतहट सदरमुकाम गौरमा कार्यालय प्रमुखहरुसँग बाढी तथा डुबानको अवस्थाबारे सो टोलीले जानकारी लियो।

पूर्व प्रधानमन्त्री नेपालको गृह जिल्ला रौतहट पुगेको टोली सदरमुकाम गौरको पुरेनवास्थित सेनाको गणमा स्थानीय प्रशासन र सरोकारवाला जानकारी लिए फर्किएको हो।

रौटहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले रौटहटमा बाढी र ढुवानका कारण भएको क्षतिबारे जानकारी गराएका थिए।

सो क्रममा गृहमन्त्री थापालेबाढी तथा डुबान प्रभावित क्षेत्रमा राहत वितरण व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय तहका प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिए। उनले आवश्यकता अनुसार सरकारले राहत उपलब्ध गराउने बताउँदै पीडित समक्ष राहत पुर्‍याउन निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .