सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम तयारी स्वरुप नेपालले मलेसियामा अन्तिम तयारी गरिरहेको छ।
मलेसियाबाट नेपाल साउन ३ गते एसिया छनौट आयोजना स्थल सिंगापुर प्रस्थान गर्नेछ। एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ५ टोलीले सहभागिता जनाउँदैछन्।
एसिया छनौटमा नेपालको खेल तालिका
साउन ७– नेपाल भर्सेस कतार
साउन ८– नेपाल भर्सेस मलेसिया
साउन ११– नेपाल भर्सेस कुवेत
साउन १२– नेपाल भर्सेस सिंगापुर
टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्ने छ।
असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्।
यो पनि: नेपाल फेरि विश्वकप खेल्न कस्सियो
ग्लोबल छनौट खेल्ने स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान, आयरल्याण्ड्स, यूएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी गरी ११ टोलीको टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनौटबाट एक टोली र अमेरिका छनौटबाट दुई टोली थपिनेछन्।
नेपाली टोली
कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी।
प्रतिक्रिया