ad ad

फोटोफिचर


प्रधानमन्त्रीलाई हिलैमा रातो कार्पेट


नेपालखबर
असार २५, २०७६ बुधबार ८:५५,

बुधबार बिहान ९ बज्न लाग्दा कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय परिसरमा माहोल फरक थियो। सुरक्षा व्यवस्था कडा पारिएको थियो। त्रिवि भित्रको बाटोमा निजी नम्बर प्लेटका सवारी आवगमन निषेध गरिएको थियो। भित्रीबाटाका मुख-मुखमा प्रहरी परिचालन भएको थियो।

सुरक्षा कडाइँको कारण थियो– भीभीआइपी आगमन।

त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सवमा सहभागी हुन प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओली त्यहाँ आउँदै थिए। सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको आगमन हुँदै थियो।

प्रधानमन्त्रीका लागि त्यहाँ दुई वटा कार्यक्रम निर्दिष्ट थिएः पहिलो नवनिर्मित उपकूलपति भवन तथा शरस्वती मन्दिर उद्घाटन र दोस्रो विश्वविद्यालयको ६० औं वार्षिकोत्सवमा सहभागिता। २०७२ को भूकम्पले क्षति पुर्याएपछि त्रिविले उपकूलपतिका लागि नयाँ भवन निर्माण गरेको हो।

मंगलबारदेखि परेको झरीले उद्घाटनस्थलसम्म पुग्ने बाटो हिलाम्मे थियो। आयोजकले प्रधानमन्त्री तथा कुलपतिलाई सहज होस् भनेर हिलैमा रातो कार्पेट बिछ्याए। प्रधानमन्त्री ओली त्यही रातो कार्पेटमा हिँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .