ad ad

फोटोफिचर


तरकारी बोकेर नेविसंघको प्रदर्शन (फोटो फिचर)


प्रविन कोइराला
असार २२, २०७६ आइतबार ६:५७,

तत्कालका लागि भारत लगायत तेस्रो मुलुकबाट आयातीत तरकारी फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

आइतबार बिहान नेविसंघले काठमाडौँको प्रदर्शनी केन्द्रस्थित बाल्मीकिक क्याम्पसदेखि पुतलीसडक चोकसम्म प्रदर्शन गरेको हो।

तरकारी र फलफूलमार्फत जनतालाई विष खुवाउन बन्द गर, राष्ट्रवाद कता हरायो?, विषादीयुक्त तरकारीको आयात बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड र तरकारी र फलफूलसहित प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले सरकारका विरुद्ध चर्को नारावाजी गरेका थिए।

सरकारले असार २ गते भारत लगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणमात्र नाका भित्र्याउने निर्णय गरेको थियो। जनताले सरकारको उक्त निर्णयको स्वागत गरेका थिए। तर, भारतको चर्को दबाबपछि बिहीबारको मन्त्रिपरिषद्ले कर्मचारी र प्रविधिको अभावमा ६ महानासम्मका लागि विषादी परीक्षण नगर्न बताएपछि त्यसको सर्वत्र विरोध हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .