ad ad

फोटोफिचर


यसरी गरियो त्रिभुवन विमानस्थलमा संकटकालीन पूर्वअभ्यास (फोटो-भिडियो)


प्रविन कोइराला
असार १३, २०७६ शुक्रबार १२:५७,

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास गरिएको छ।शुक्रबार दिउँसो झण्डै आधार घण्टा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबैतर्फका उडान नै बन्द गरेर सो अभ्यास गरिएको हो।

 उडानमै रहेका समयमा अपतकालीन अवस्था आएमा के गर्ने भन्नेबारेमा पूर्वअभ्यास गरिएको हो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ।

बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार उडा नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिएको हो।

यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .