फोटोफिचर


नाइमा एक्स्पोको दोस्रो दिन: ५० वटा ब्रान्डका गाडी एकै छानामुनि, ओइरिए उपभोक्ता (तस्बिर)


सरोज नेपाल
साउन २२, २०८२ बिहिबार २३:६, काठमाडौँ

बुधबारदेखि काठमाडौंको भृकुटी मण्डपमा नाइमा मोबिलिटी एक्स्पो २०२५ सुरु भएको छ। यो नेपालको सवारी बिक्रेता र खरिदकर्ताको महाकुम्भ हो। 

नाइमा अटो शोमा ५० वटा सवारी ब्रान्ड एकै छानामुनि रहेका छन्। उपभोक्तालाई पनि सवारी छनोट गर्न धेरै शोरुम चहार्नुपर्ने झमेलाबाट यस मेलाले मुक्त गरेको छ। एउटै छानामुनि रोजे–खोजेजस्तो सवारी साधनको सम्पूर्ण जानकारी बुझेर किन्ने मौकाका रुपमा उपभोक्ताले उपयोग गर्ने गर्छन्।

नाइमा एक्स्पो नेपालको प्रमुख चाडपर्व अघि सुरु भएको छ। चाडपर्वमा मिठो मसिनो खाने चलन रहेको छ। तर पछिल्लो समय यो ट्रेड बदलिँदो छ। महँगा र आकर्षक वस्तु किन्ने परिपाटी विकशित भइरहेको छ। 

चाडपर्वका लागि भनेर नाइमा कम्पनीहरूले विभिन्न अफरहरू ल्याएका छन्। कम्पनीहरूले एक्स्पोबाट सुरु गरेर दसैँ तिहारसम्मका यस्ता अफरहरू ल्याउने गर्छन्। यस अवधिमा खरिद गर्दा उपभोक्तालाई तुलनात्मक रूपमा लाभ हुन्छ। 

जोरपाटीका अनिल चौलागाईँ अफरको आकर्षणले आफूलाई एक्स्पोसम्म डोर्‍याएको बताउँछन्। 

‘केही दिनअघिसम्म ७०-८० लाख रुपैयाँ मूल्यमा बेचिँदै गरेको गाडी यहाँ ५०-६० लाखमा राखिएको छ। २० लाख भनेको ठूलो हो, चौलागाईँले भने। 

उनी अन्य समयमा भन्दा यस्तै प्रकारको एक्स्पोमा आएर सवारी खरिद गर्न अन्य उपभोक्तालाई सुझाव पनि दिन्छन्।

हाल चलिरहेको नाइमा एक्स्पोमा पनि कम्पनीहरुको अफर तथा नयाँ सवारी साधन बुझ्न आउने उपभोक्ताको संख्या उल्लेखनीय छ। 
बुधबारको तुलनामा बिहीबार अवलोकनकर्ताको संख्या अधिक रहेको आयोजक समितिका संयोजक शिरीष मुरारका बताउँछन्। 
बुधबार नाइमा १५ हजारले अवलोकन गरेका थिए। 

नाइमा उपभोक्तालाई आकर्षित गर्न कम्पनीहरूले ५ देखि २० लाख रुपैयाँसम्म नगद छुट दिइरहेका छन्। 

यो संख्या आगामी दिनमा अझै बढ्ने उनले विश्वास व्यक्त गरे। पाँच दिनसम्म चल्ने नाइमा एक्स्पोमा करिब ८० लाखले अवलोकन गर्ने आयोजनको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad