काठमाडौँको सवारीसँगै पैदल यात्रुलाई आउजाउमा सहजीकरण होस् भनेर ट्राफिक लाइट जडान गरिएको छ। तर, न धेरै मानिसको चाप हुने मुख्य चोकहरूमा ट्राफिक लाइट बल्छन् न यात्रुलाई सहज भएको छ।
काठमाडौं उपत्यकामा हाल काठमाडौं जिल्लामा ५२ स्थानमा, ललितपुरमा १२ स्थानमा र भक्तपुरमा ५ स्थानमा ट्राफिक लाइट छन्। तीमध्ये काठमाडौँका २०, ललितपुरका ३, भक्तपुरको १ र पैदल यात्रीका लागि छुट्टिएको काठमाडौंका ४ स्थानमा ट्राफिक लाइट अवरुद्ध छ। प्रयोगमा भएका ६९ वटा ट्राफिक लाइट मध्ये ४१ वटा मात्रै अहिले सञ्चालनमा छन्।
तर, नबिग्रिएका सबै पनि प्रयोगमा नआउँदा यात्रुले त्रासमा सडक पार गर्नुपर्ने बाध्यता छ।










117
Shares

प्रतिक्रिया