फोटोफिचर


ह्वात्तै बढ्यो कुचोको माग, व्यवसायीलाई भ्याईनभ्याई (तस्बिरहरू)


सरोज बैजु
कात्तिक १४, २०८१ बुधबार १२:५२, काठमाडौँ

तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्यधिक हुने गर्दछ। नेपालका मुख्य सहरहरूमा कुचोको माग यतिबेला अत्यधिक नै हुन्छ। कुचो व्यवसायीहरूलाई आपूर्ति धान्न गाह्रो हुन्छ।

तिहार नेपालीहरूको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ। अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरू बताउँछन्।

कुचोमा पनि झाडु र अमृसोको कुचो हुन्छ। अमृसोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउँछन्। यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ।

कार्कीले काठमाडौँमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आएका छन्।

किसानको असार १५ झैँ तिहारमा कुचो व्यवसायीहरूलाई कुचोको चटारो छ। माघ, फागुनमा जम्मा पारेका कुचोहरू बनाउने र बेच्ने काममा भ्याइनभ्याइ छ।

तिहारमा कुचोको पूजा गर्ने कारणले पनि माग धेरै हुने गरेको उनी बताउँछन्।

कार्कीका अनुसार दसैँ र तिहार चाडपर्व परेका दुई महिना (असोज र कात्र्तिक) मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ। गत साल तिहारमा मात्रै करिब २० करोडको हाराहारीमा कुचो बिक्री भएको उनको संघको अनुमान छ।

काठमाडौंमा काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरूबाट कुचो आउने गरेको छ।

काठमाडौँमा व्यवसायीहरूको व्यस्तताका केही तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad