ad ad

फोटोफिचर


तस्बिरमा प्रधानमन्त्री र सांसदहरूको प्रश्नोत्तर


सरोज बैजु
जेठ ४, २०८० बिहिबार १५:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारबाट प्रत्यक्ष रूपमा सांसदहरूसँग छलफल थालेका छन्। सभामुख देवराज घिमिरेसँगको परामर्शमा प्रधानमन्त्री प्रचण्डले आजबाट प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएको थियो।

सोही अनुसार आजका प्रधानमन्त्री प्रचण्डले प्रश्नोत्तर सुरु गरेका छन्। 

बिहीबारको बैठकमा २० जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोधेका थिए।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहेका बेला प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको प्रत्यक्षरुपमा उत्तर दिएका छन्।

प्रश्नोत्तरमा सहभागी सांसदहरूले नक्कली भुटानी शरणार्थी, प्रधानमन्त्रीको भारत भ्रमण, वाइडबडी, यति, बजेट लगायतका विषयमा प्रश्न गरेका छन्।

हेरौं प्रतिनिधिसभाका बैठकका तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .