ad ad

फोटोफिचर


शोकमग्न छ गण्डकी अस्पताल क्षेत्र** (तस्बिरहरू)


सरोज बैजु
माघ २, २०७९ सोमबार १७:०, काठमाडौँ

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भयो।

घटनास्थलबाट शव संकलनका क्रममा सुरक्षाकर्मीले फेला पारेको परिचयपत्रबाट उनको पहिचान भएको थियो।

दुई दशकदेखि पत्रकारितामा संलग्न उनी सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका नेता पनि थिए। 

उनी नेपाल पत्रकार महासंघमा केन्द्रीय सदस्य पनि थिए। उनीसहित ज्यान गुमाएका यात्रुका आफन्त अहिले गण्डकी अस्पताल परिसरमा छन्। 

आफन्तहरु जम्मा हुन थालेसँगै अस्पताल क्षेत्र शोकमा डुबेको छ। केही शव चिनिने अवस्थाका छन् भने केही चिन्न नसकिने।

नचिनिने शवहरुको पहिचानका लागि डीएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको छ। 

नेपाली सेनासहित उद्धारकर्मीले सोमबार सेती खोंचबाट बाँकी शव निकालेका छन्। ती शवको पोस्टमार्टमका लागि काठमाडौंबाट चिकित्सकको टोली पोखरा पुगेको छ। 

काठमाडाैंबाट पाेखरा फर्कने क्रममा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्यसहित ७२ जनासँगै उनको निधन भएको हो।

भुलसुधार** यसअघि यसै समाचारमा अन्यथा अर्थ लाग्ने गरी शीर्षक पर्न गएकाले सच्याएका छौँ। -सम्पादक 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .