ad ad

फोटोफिचर


फोहोरमाण्डू ! (तस्बिरहरु)


रुपक चौलागाईं र विशाल कार्की
भदौ १, २०७९ बुधबार २०:१८, काठमाडौँ

काठमाडौंमा यतिबेला फोहोर चुलिएको छ । फोहोरसँगै यसको चर्चा  पनि चुलिएको छ । एकातर्फ सार्वजनिकस्थलमा फोहोर थुप्रिएको थुप्रियै छ, अर्कातर्फ ल्याण्डफिल साइड रहेको बञ्चरेडाँडामा अवरोध र झडपका खबर दिनहुँजसो आइरहेका छन् ।

बुधबार साँझ नेपालखबरको टोलीले काठमाडौंका सडकमा फोहोरको अवस्थाबारे केहीबेर ‘सर्च’ गरेको छ ।​ नेपालखबरको टोली बागमती किनार हुँदै नयाँ बानेश्वर, सेतोपुल, रातोपुल, भत्केको पुल, ज्ञानेश्वर, कमलादी लगायतका क्षेत्रमा पुग्दा ‘फोहोरको पहाड’ देखियो।

०६२ सालदेखि काठमाडौं महानगरपालिका–७ को फोहोर ब्यवस्थापन खटिँदै आएका ‘परिवर्तन सेवा प्रा.लि.’ का इञ्चार्ज देव श्रेष्ठ अहिले वडा नं ७ मा मात्रै ६० जना मजदुरले निरन्तर काम गर्दा पनि फोहोर व्यवस्थापन गर्न नसकिएको बताउँछन्।

श्रेष्ठ भन्छन्, ‘हामी सक्दो प्रयास गरिरहेका छौं, ल्यान्डफिल साइटका जनतालाई विश्वास दिलाउने गरी सरकारले जे आश्वासन दिएको छ, त्यो पूरा गर्न नसक्दा समस्या भएको हो ।’

गत बैशाखमा बालेन्द्र शाहले मेयरको जिम्मेवारी सम्हाल्न पूर्व नै काठमाडौंमा फोहोर थुप्रन थालेको हो । बालेन्द्र आइसकेपछि पनि फोहोरको समस्या अझै हल हुन सकेको छैन ।

पछिल्लो समय काठमाडौं उपत्यका फोहोरको दुर्गन्धले आक्रान्त छ। चोक–चोकमा थुप्रिएको फोहोरको चाङ गन्हाएर काठमाडौंबासीले सास्ती भोगिरहेका छन्। देशमा डेंगुको प्रकोप बढ्न थालेका बेला काठमाडौंमा कहिलेदेखि हैजा लगायतको महामारी फैलने हो, टुंगो छैन।

फोहोरको मुद्दा महानगरपालिका एवं राजनीतिक दलका नेतादेखि यहाँका जनतासम्मको टाउको दुखाइ बनेको छ। बुधबार मात्रै नुवाकोटको ककनीमा धादिङ, काठमाडौं र नुवाकोटका प्रमुख जिल्ला अधिकारी एवं प्रहरी प्रमुखहरुले फोहोर ब्यवस्थापनका लागि दिनभर छलफल गरे। 

हेर्नुहोस् ‘फोहोरमाण्डू’ बनेको काठमाडौं शहरको बैरागलाग्दो दृश्य–


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .