काठमाडौंभित्रका ‘फुटपाथ’ सडक भन्नेबित्तिकै धेरैको दिमागमा भीड, ठेलागाडाका पसल, अव्यवस्थित पार्किङ, खाल्डाखुल्डी यस्तै–यस्तै दृश्य आउँछ।
लामो समयदेखि फुटपाथको ब्यवस्थापन हुन नसक्दा सडक पेटीमै व्यापार गर्नेहरुको संख्या पनि बढ्दै गएको छ। केही समयअघि नयाँबानेश्वरस्थित फुटपाथमै मकै बेचेर बसेकी एक महिलालाई नगर प्रहरीले गरेको व्यबहारले पनि चर्को आलोचना भएको थियो।
त्यसयता, नयाँ बानेश्वरमात्र नभई राजधानीका मुख्य चोकहरुमा फुटपाथ र अव्यवस्थित पार्किङ ब्यवस्थापनका कामहरु देखिन थालेका छन्।
फुटपाथ ब्यवस्थापन गरेर सहरको सौन्दर्यसहित व्यवस्थित हिँडडुललाई सहज बनाउन महानगरपालिकाले ‘फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने अभियान’ नै सुरु गरेको छ। जसको प्रभाव राजधानीको केही क्षेत्रमा प्रष्ट देखिन थालेका छन्।
जसलाई ब्यवस्थापन गर्नका लागि सो पुलमा अहिले महानगरले होडिङ बोर्ड राखेको छ। सडक पेटीबाट हिँड्न रोक्नलाई रेलिङ लगाइएपछि पछिल्ला केही दिनमा आकाशे पुल प्रयोग गर्ने सर्वसाधरणको पनि संख्या बढ्न थालेको छ।
त्यस्तै, संसद भवन अगाडिकै क्षेत्रमा बग्रेल्ती गाडी र मोटरसाइकलहरु पार्किङ हुन थालेपछि महानगरले ‘एक लाइन पार्किङ क्षेत्र’ बनाएको छ।
महानगरपालिकाका अनुसार रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँ बसपार्क, गोंगबु, सुन्धारा, न्युरोड लगायतका क्षेत्रमा फुटपाथ व्यापार अत्यधिक हुँदै आएको ठाउँमा क्यामेरासहितका ४२ जना महानगर प्रहरी परिचालित गराइएको छ।
अहिले महानगरभित्रका फुटपाथमा ‘अव्यवस्थित पार्किङ नगरौं’, ‘आकाशे पुलको प्रयोग गरौं’, ‘हर्न बजाउन निषेध’, ‘ध्वनी प्रदुषण दण्डनीय छ’ लगायतका ब्यानरहरु राखेर सचेतना फैलाउने काम भइरहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।
Shares
प्रतिक्रिया