ad ad

फोटोफिचर


मनसुनमा रमाइरहेको काठमाडौं (फोटो फिचर)


नेपालखबर
साउन २१, २०७९ शनिबार १०:१७, काठमाडौँ

प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ। जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीलेकाहीँ प्रकृति नै निर्णायक बन्छ। मन खुसी बनाउन र बहलाउन एकान्तको साथी बनिदिन्छ। 

काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन। बीच सहरमा भन्दा अलि भित्री गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरूप नै फरक छ। अरू बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ। प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ। प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन।

हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण छ। यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवनमा प्रभाव परिरहेको छ। बाढी, पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ। प्रकृतिको खेल कतै खुसियाली त कतै रुवबासी। कतै प्रकृतिकै कारण खुसी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ।

यो अवस्थामा एकले अर्काको साथ लिई सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैंसे मिलाएर सुरक्षा र सतर्कता अपनाई प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ। अर्कातिर मनसुनबाटै मानिसले प्रकृतिको भरपूर मनोरञ्जन लिइरहेका छन्। अन्नबाली उत्पादनका लागि पनि यतिबेला प्रकृतिले पानी बर्साइदिन्छ। 

साँच्चिकै प्रकृति एउटा रचनाको स्रोत हो। भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ। आजको फोटोकथामा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले काठमाडौं उपत्यकामा मानिस र प्रकृतिसँग र प्रकृति मानिससँगै
रमाइरहेका दृश्य कैद गरेका छन्। 

हेर्नुहाेस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .