ad ad

फोटोफिचर


पहिरोले अस्तव्यस्त नारायणगढ-मुग्लिन सडक (तस्बिरहरु)


नेपालखबर
साउन १७, २०७९ मंगलबार १२:४८, काठमाडौँ

लगातार बर्षातपछि नारायणगढ-मुग्लिन सडक अस्तव्यस्त बनेको छ। यो सडकखण्डका आधा दर्जन बढी ठाउँमा पहिरो झर्दा यात्रुसहितका सयौँ गाडी घण्टौँदेखि रोकिएका छन्। 

उता धादिङका समेत विभिन्न ठाउँमा पहिरो झरेको छ। पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधनमा रोक लगाइएको छ। 

धादिङको तिङ्ग्राङ खानी र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड जाने लामो दूरीका सवारी साधनमा रोक लगाइएको हो। 

प्रहरीका अनुसार भरतपुर–२९ केराबारी र चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटारमा पहिरो खसेको छ।

भिडिओ

केहीबेर अगाडि पहिरो खसेपछि अहिले पृथ्वीराजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। ठूलो पहिरो खसेकाले बाटो खुल्न दिनभर लाग्न सक्ने अवस्था छ।

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेकाले गए रातिदेखि आवागमन अवरुद्ध भएको छ।

भरतपुर महानगरपालिका-२९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ। 

पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो खसेपछिको दृश्य। सबै तस्बिर : गोपाल चन्द

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .