प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा बागलुङको बलेवास्थित स्काई क्याफेमा मनोरञ्जन गर्न पुगेकी छन्।
द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काई क्याफेमा बसेर उनले साथीहरूसँगै चियापान गरिन्।
कालीगण्डकी खोँचमा २ सय ५५ मिटर अग्लो भीरस्थित स्टिलको डोरीमा झुन्ड्याएर बनाइएको स्काई क्याफेमा देउवाले कांग्रेस नेता अर्जुन जोशीसहितसँग बसेर आनन्द लिएकी हुन्।
पर्यटकले स्काई क्याफेमा १५ मिनेट समय पाउँछन्। जुस वा कफीसहित फुड प्लाटर खान पाइने स्काई क्याफेमा प्रतिव्यक्ति दुई हजार ५ सय शुल्क लाग्छ। त्यही शुल्कले भिडिओ पनि उपलब्ध गराइन्छ।
पछिल्लो समय युवाहरुको विशेष रोजाइ बनेको द क्लिफमा पर्यटकलाई नयाँ स्वाद दिने उद्देश्यले स्काई क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताएका छन्।
Shares
प्रतिक्रिया