ad ad

फोटोफिचर


यस्तो देखियो नेपाली सेनाको पास आउट कार्यक्रम (तस्बिरहरु)


नेपालखबर
जेठ २३, २०७९ सोमबार १९:२०, काठमाडौँ

भक्तपुरको खरिपाटीस्थित नेपाली सेनाको तालिम केन्द्रमा सोमबार तालिम समापन कार्यक्रम भएको छ।

नौ महिना लामो तालिमपछि सहायक सेनानी दर्जामा पदोन्नति भएका अधिकृतलाई प्रधानसेनापति प्रभुराम शर्माले शुभकामना दिएका छन्। 

शर्माले आयुक्तहरुलाई सेनाको व्यवसायिक छवि कायम राख्न पनि आग्रह गरेका छन्। 

उनले भने, ‘मनमस्तिष्कबाट मुलुक र संगठन प्रति समर्पण भाव राखी काम गर्नु । संगठनको छविलाई उँचो बनाई राख्नु।’ 

शर्माले संविधानले दिएको जिम्मेवारी सहित सेनाले विपद, मुलुकको संकटमा काँधमा काँध मिलाएको बताए। 

सेना देश र जनताप्रति वफादार रहेको बताउँदै उनले पुर्खाहरूको देनले नै नेपाली सेना संगठन स्थापित भएको स्मरण गरे। 

नेपाली सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थ समेत काम गर्दै आएको पनि उनले बताए। 

२०७८ भदौ १० गते सुरू तालिम सोमबार समापन गरेर पास आउट परेड भएको हो। 

प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजंग थापा ले वि.सं. २०४३ सालमा प्रतिष्ठानको स्थापना भएको बताउँदै वि. सं. २०६६ देखि नेपाली सैनिक प्रतिष्ठानका रुपमा खडा भएको बताए।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .