नेकपा एमालेले काठमाडौंको मेयर पद गुमाए पनि उपमेयरमा लोकप्रिय मतसहित जितेको छ।
एमाले उम्मेदवार सुनिता डंगोलले ६८ हजार ६१२ मतसहित उपमेयर पद पक्का गरेकी छन्।
उपमेयरमा विजयी भएको घोषणा गरिएपछि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहबाट सुनिताको विजय यात्रा सुरु भएको छ।
विजयी भइसकेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै उनले अब मतदाताले चाहे जस्तो काठमाडौं बनाउन आफू लाग्ने बताइन्।
सुनिताले आफू जनताको सेवकका रुपमा काम गर्ने वाचा पनि गरेकी छन्।
528
Shares
प्रतिक्रिया