सोमबार र मंगलबारको वर्षासँगै परेको हिउँले गोरखाको लाप्राकस्थित गुप्सीपाखा बस्ती ढाकेको छ। भूकम्पपछि गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आर्थिक सहयोगमा बनेको २७ सय मिटर उचाइमा रहेको यो बस्ती हिउँले ढाकेसँगै मनमोहक देखिएको छ।
एउटै आकार र डिजाइनका ५ सय ७३ घर रहेको बस्ती हिउँले ढाकेपछि आन्तरिक पर्यटकहरू पुगेसँगै सामाजिक सञ्जालमा तस्बिर र भिडियो छ्याप्छ्याप्ती भएका छन्। स्थानीय जेसन गुरुङका अनुसार बिहिबार हिउँ पर्न रोकिएपनि बस्ती ढाकेको हिउँ पग्लिसकेको छैन।
हेर्नुहोस् जेसन गुरुङको सौजन्यमा केही तस्बिरहरू :
96
Shares
प्रतिक्रिया