ad ad

फोटोफिचर


देउवा ढिलो पुगे, अरुलाई भोट माग्न भ्याइनभ्याइ (फोटो फिचर)


नेपालखबर
मंसिर २७, २०७८ सोमबार १२:४५, काठमाडौँ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व छान्न बिहान ११ बजेर २३ मिनेटदेखि मतदान सुरु भएको छ। 

सबैभन्दा पहिले नेता कुलबहादुर गुरुङले मतदान गरेका छन्। उनले कांग्रेसको मतपत्र देखेर आफूलाई अनौठो लागेको प्रतिक्रिया दिएका छन्। 

मतदान तीन घण्टा ढिलो सुरु भएपछि सभापतिसहित सबै पदका उम्मेदवारलाई भृकुटीमण्डपमा भोट माग्न भ्याइन नभ्याइ भएको छ।

सभापतिमा उम्मेदवारहरू शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र विमलेन्द्र निधि बिहानैदेखि भोट माग्न व्यस्त हुँदा सभापति शेरबहादुर देउवा भने ढिलो गरी मतदानस्थल आएका छन्।

कांग्रेस उम्मेदवारहरूले मतदानका लागि लाइनमा उभिएका प्रतिनिधिहरूसँग बिहान ८ बजेदेखि नै मत मागिरहेका थिए। 

१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि ढिलागरी मतदान प्रक्रिया सुरु भएको छ।

निर्वाचन समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ छन्। 

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी परेको छ।

फोटोहरु : केशव साउद/उजिर कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .