ad ad

फोटोफिचर


महामारीको लामो निद्राबाट ब्युँझिँदै ठमेल, खुल्नथाले बार र रेष्टुराँ (फोटोफिचर)


बसन्त अर्याल/विजय सिंह
असोज १०, २०७८ आइतबार १९:१२, काठमाडौँ

कोभिड महामारीले लामो समय सुनसान ठमेलमा रात्रिकालीन व्यवसाय सुरु भएको छ। ठमेलमा करिब ५० प्रतिशत रात्रिकालीन व्यवसाय सञ्चालनमा आएको व्यवसायी बताउँछन्।  

ठमेल खुलेको करिब ३ हप्ता भएको छ। पर्यटक लक्षित पसल, होटल तथा रेष्टुराँहरु आंशिकरुपमा खुले पनि व्यापार मुर्झाउनसकेको छैन। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवीश्वर शर्माले लकडाउनको कारण २० देखि २५ प्रतिशत व्यवसायी पलायन भएको बताउँछन्। उनका अनुसार ‘सिजनको बेला ठमेलमा दैनिक २० देखि २५ करोडसम्मको टर्नओभर हुन्थ्यो भने अफ सिजनमा १० देखि १२ करोडसम्म आम्दानी।’ 

तर अहिले त नगन्य व्यापार भएको छ। केही डान्सबार, क्लब पुनः सञ्चालनमा आएका छन्। आन्तरिक पर्यटकको चहलपहल बढ्दै गर्दा अलि–अलि व्यापार हुनथालेको छ।   उपाध्यक्ष शर्माले उपत्यकाको अरु क्षेत्रमा आन्तरिक पर्यटकको कारण रेष्टुराँहरु चले पनि ठमेलमा हरेक घरमा रेष्टुरेन्ट रहेकाले विदेशी पर्यटक नआउँदासम्म नचल्ने बताए। 

सरकारले हाल रात्रिकालीन व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न दिएको छ। व्यवसायीले भने यो समयावधि हटाउनुपर्ने माग गरिरहेका छन्। 

तस्बिरमा मुर्झाउनथालेको ठमेल 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .