ad ad

फोटोफिचर


रेशम चौधरी जेलबाट निर्वाचन आयोग पुग्दा (फोटो फिचर)


सुजन श्रेष्ठ
साउन ११, २०७८ सोमबार १४:४०,

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन्। जसपाको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यहरुको टाउको गन्ने भएपछि चौधरी आयोगमा पुगेका हुन्। 

कडा सुरक्षाबीच उनलाई प्रहरीले डिल्ली बजार जेलबाट निर्वाचन कार्यालय पुर्‍याएका हुन्। उनीभन्दा पहिले नै उनकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरी आयोगमा पुगेकी थिइन्। रेशम नेपाली टोपी, स्टकोट र कुर्ता सुरुवालमा सजिएर आयोग पुगेका थिए। उनले संघीय सांसदको लोगो पनि लगाएका थिए।

डिल्ली बजार जेलमै सनाखत गर्न तयार नभएपछि उनलाई कारागार प्रशासनले निर्वाचन आयोगको कार्यालयमै लगिएको हो। रेशम निर्वाचन आयोग आउने भएपछि उनकी पत्नी रञ्जीता श्रेष्ठ चौधरी त्यहाँ पुगिसकेकी थिइन्। 

रेशम पत्नी रञ्जीता भने जसपाको ठाकुर समूहमा उभिएकी छन्। तर रेशमको स्वागतमा जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका नेता उभिएका थिए। उनले नेताहरुसँग छलफल गरेपछि मात्रै कता उभिने टुंगो गर्दैछन्। 

उनलाई स्वागत गर्न ठाकुर पक्षबाट सुरेन्द्र झा र जितेन्द्र सोनलसहित आयोगमा तयार थिए। उता यादव पक्षबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरु उभिएका थिए।

निर्वाचन आयोगले कार्यकारिणी समितिको हेड काउन्ट गर्दा यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १७ जना उभिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .