ad ad

फोटोफिचर


जसपा फुट्दै गर्दा निर्वाचन आयोगमा यस्तो चहलपहल (फोटो फिचर)


नेपालखबर
साउन ११, २०७८ सोमबार १३:४४,

तराई-मधेसमा बलियो पकड बनाएको जनता समाजवादी पार्टी सोमबारदेखि फुट्ने करिब पक्का भएको छ। निर्वाचन आयोगले दल विभाजनसम्बन्धी कानुन अनुसार जसपाको आधिकारिकता विवाद टुङ्ग्याउँदैछ।

यस्तोमा जसपाका ५१ कार्यकारिणी समिति सदस्यमध्ये ३४ जनाले अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेका छन्। निर्वाचन  आयोगले टाउको गनिरहँदा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा १६ देखि १७ जना मात्रै उभिएका छन्। 

आयोगमा पुगेर आफ्नो पक्षमा बहुमत जुटाउन सफल भएपछि यादव उत्साहित देखिएका छन्। उता अर्का अध्यक्ष ठाकुर र राजेन्द्र महतो समूह निराश भएको छ।

ठाकुर पक्षले जसपा दल र केन्द्रीय कमिटीमा पनि ४० प्रतिशत मत पुर्‍याउन नसक्दा पार्टी विभाजनको हैसियत पनि गुमाउने अवस्था आएको छ। 

जसपाबारे आयोगले निर्णय लिइरहँदा कार्यकारिणी समितिका रहेका सांसदहरु पनि पुगेका छन्। त्यस्तै जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी पनि पुग्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .